भूकम्पको कथामा आधारित फिल्म ‘ब्ल्याक ईयर’ बन्ने

Sharing is caring!

भदौ ८, २०७५ । लक्षु गौतमको निर्देशनमा भूकम्पको कथामा आधारित फिल्म ‘ब्ल्याक ईयर’ अर्थात् कालो दिन बन्ने भएको छ । यस फिल्मको छायांकन यहि भाद्र १० गतेबाट सुरु हुँदैछ ।
यो फिल्ममा भुकम्पले क्षति पुर्‍याएको एउटा परिवारबारे केन्द्रित रहेर देखाइने निर्देशक गौतमले जानकारी गराईन् ।
फिल्मको प्रमुख भूमिकामा सुरेन्द्र बुढाथोकी र रश्मी शाह छन्, भने पवन भट्टराई, उकेश पनेरु, अनुपा खड्का, देव सागरलगायतका कलाकारहरुको अभिनय रहनेछ ।
यस फिल्मको निर्माण फोकस आउट मिडिया प्रा.ली.को ब्यानरमा हुनेछ । यो फिल्मको प्रदर्शन मिति आगामी २०७६ साल बैशाख १२ गतेलाई तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *