‘बुलबुल’ को गीत ‘फ्ल्यास मोब’ शैलीमा सार्वजनिक गरिने

Sharing is caring!

कात्तिक १२, २०७५ । फिल्म ‘बुलबुल’ को पहिलो गीत ‘फ्ल्यास मोब’ शैलीमा सार्वजनिक गरिने भएको छ ।
यो फिल्मको गीत यही कात्तिक १५ गते काठमाडौको काठमाडौं मल, पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा एकै समयमा रिलिज गरिने छ ।
१५ गते दिनको ३ बजे एकै समयमा बजारमा छरिएर रहेको डान्सरले अचानक गीतमा नृत्य गर्ने कार्यक्रम रहेको निर्माता अविरल थापाले जानकारी दिएका छन् ।
भक्तपुरको हेलमेट डाँडामा पच्चिसवटा टेम्पो र सय जनाको कोरससहित चारदिन लगाएर खिचिएको गीतमा १८ लाख भएको निर्माण टिमको दाबी छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । ‘खुद्रा खाद्री’ बोलको गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर छ । यस गीतको रचना र संगीत भने कोशिस क्षेत्रीले गरेका हुन् ।यो फिल्म आउँदो फागुन ३ गते रिलिज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *