बिसभन्दा बढि बाल विवाह रोक्न सफल

Sharing is caring!

फागुन १७, २०७६ । बाँकेका किशोर किशोरी पत्रकारहरुले २० भन्दा बढि बाल विवाह रोकेको बताएका छन् । बाँकेमा सुरु गरेको स्वयंसेवी किशोर किशोरी पत्रकारिता तालिममा सहभागि किशोर किशोरीहरुले आफुहरुले बाल विवाह रोक्न र त्यसको अन्त्यका लागि चेतना फैलाउन सफल भएको बताएका हुन् ।

बाल विवाह जस्ता कुरितीको अन्त्यका लागि आफुहरु स्वयंसेवी पत्रकारको रुपमा खटिइरहने बाल विवाह पिडित सविना खानले बताउनु भयो । आफुहरुले २० भन्दा बढि बाल विवाह रोक्न सफल भएको बताए । सामुदायिक सूचना नेटवर्क सीआईएनका प्रमुख दीपक आचार्यले गएको ८ महिनामा सबै पालिकाको वडा तहसम्म पुगेर स्वयंसेवी पत्रकारहरुले महत्वपूर्ण बिषयहरु बाहिर ल्याईरहेको बताउनुभयो । स्वयंसेवी पत्रकारहरुले व्यवसायिक पत्रकारहरुले गर्न नसकेको सुचना बाहिर ल्याउने र परिवर्तनको लागि प्रभावकारी काम गर्न सकेको हुनाले उहाँहरुलाई प्रोत्साहन स्वरुप रेडियो कार्यक्रम संकलन गर्ने रेकर्डर प्रदान गरिएको आचार्यले बताउनुभयो ।

प्लान इन्टर नेशनल नेपालका सुरक्षा संयोजक आशा बुढाले बाल विवाह बिरुद्धको अभियानलाई समुदायिक पत्रकारिताले उर्जा थपेको बताउनु भयो । रेडियो सद्भावमा कार्यक्रम सञ्चालन गर्दै आउनु भएका स्वंयसेवी पत्रकार मञ्जु घर्तिमगर र चेतना क्षेत्रिले आफुहरुलाई रेडियोले ठूलो शक्ति प्रदान गरेको बताउनु भयो । बाल विवाह गर्ने र गराउनेलाई कानुनी दायरामा ल्याउनको लागि वाच डगको रुपमा काम गरेको अन्य पत्रकारहरुले बताएका छन् ।

बाँकेमा जिल्लामा बाल विवाह अन्य जिल्लाको तुलनामा उच्च दरमा भैरहको छ भने २० वर्ष पछि मात्रै विवाह गर्न पाउने कानुनी व्यवस्थाको पनि समुदायस्तरबाट बिरोध भैरहेको छ । त्यसैले सामुदायिक रेडियो प्रसारक संघ, सीआईएन र प्लान इन्टरनेशनल नेपालले बाँकेमा सबै वडा तहका किशोर किशोरीलाई स्वयंसेवी पत्रकार बनाउने कार्यक्रम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *