बागमतीमा ७१ स्थानीय न्यायिक सहजकर्ताको जागिर खुल्यो
भदौ १२, २०८० । बागमती प्रदेश अन्र्तगत आन्तरिक मामिला तथा कानून मन्त्रालयले ठूलो संख्यामा करारमा कर्मचारी माग गरेको छ ।
एक सूचना प्रकाशित गर्दै प्रदेशभित्रका विभिन्न गाउँपालिकामा रिक्त ७१ स्थानीय न्यायिक सहजकर्ता पदका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आज देखि १५ दिनभित्र तोकिएको ढाँचामा निवेदन आह्वान गरेको छ ।
जागिर २०८१ असार मसान्तासम्मका लागि हुने पनि सूचनामा उल्लेख छ ।
