बक्स अफिस: ‘रेस ३’ ले १०० करोड कमायो, के जित्ला ३०० करोडको रेस ?

Sharing is caring!

असार ४, २०७५ । सधैं जसो सलमान खानले यस पटक पनि साबित गर्यो कि उनी बलिउडमा बक्स अफ दि म्याच हुन् । ‘रेस ३’ को भव्य प्रदर्शनपछि, दर्शकहरूको क्रेज झन् बढ्दै गईरहेको छ । फिल्मले ३ दिनमा १०० करोड रुपैयाँको व्यापार गरिसकेको छ ।

‘रेस ३’ ले ३ दिनमै १०० करोडको क्लबमा प्रवेश गर्नु सलमान खानको यो चौथो चलचित्र साबित भएको छ । यस सूची भन्दा पहिला ‘बजरंगी भाईजान’, ‘सुल्तान’, ‘ट्यूबलाइट’, ‘टाइगर जिन्दा है’ छन् ।

फिल्म विश्लेषक  तरण आदर्शले   ‘रेस ३’ को कमाईको बारेमा ट्वीट गरेका छन् ।

पहिलो सप्ताहमा राम्रो कमाई पछि, ‘रेस ३’ ले बक्स अफिसमा ठूलो चुनौतीको सामना गर्नु पर्ने देखिन्छ ।

किन कि आउने हप्ता २९ जूनमा  रणबीर कपूरको मोस्ट अवे‍टेड फिल्म ‘सञ्जू’ को रिलिज हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *