प्रभु साह भन्छन् : अबको लडाई समृद्धि र विकासको लागि

Sharing is caring!

कार्तिक ७, २०७७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि लड्नुपर्ने बताएका छन् ।

रौतहटको देवाही गोनाही नगरपालिका–९, धरहरीमा आयोजित शुभकामना आदानप्रदान तथा जनचेतना कार्यक्रमलाई सम्बोधन गर्दै सांसद साहले एकात्मक सत्ता र सामन्तवादविरुद्ध लामो संघर्ष गरिसकेकोले अब विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने जीकिर गरे ।

नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका सांसद साहले जनता र सबै तहको सरकारको सहकार्य हुन सके तीव्र गतिमा विकासको लक्ष्यतर्फ अगाडि बढ्न सकिने बताए ।

‘हामीले लामो समयसम्म राजतन्त्र र सामान्तवादका विरुद्ध संघर्ष गरेर देशमा परिवर्तन ल्याएका हौं । हिजोको लडाई आम जनताको साथ बिना सम्भव थिएन । तर लडाई त्यही रोकिएको छैन, हामीले अर्को लडाई लडन बाँकी नै छ । अबको लडाई विकासका लागि, समृद्धिका लागि । हिजो जस्तै तपाईहरुले यस लडाईमा पनि साथ दिन जरुरी छ’ पुर्वमन्त्री समेत रहेका सांसद साहले भने ।

उनले बकैया बगरको डिलमा ठुला सहर निर्माण गर्न आफुले योजना अगाडि बढाएकोले त्यसलाई सार्थक बनाउनु आम नागरिक लाग्नुपर्ने बताए । सामन्तवादको अवशेषका रूपमा रहेका शक्तिहरु जति बल गरेपनि समृद्धिको अभियान रोक्न नसक्ने भन्दै उनले सचेत गराए ।

कार्यक्रममा प्रदेशसभा सदस्य कुन्दन कुश्वाहा, देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहा, नेकपा प्रदेश सदस्य त्रिभुवन साह एवम् मनोज यादव, देवाही गोनाहीका मेयर प्रत्यासी धर्मेन्द्र पटेल र प्रेमलाल साह लगायतका नेताहरूको उपस्तिथि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *