प्रतिनिधिसभा विघटन गरिनु संविधानको मर्म र जनादेश विपरीत: नेता साह

Sharing is caring!

पुष ६, २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरिनु संविधानको मर्म र जनादेश विपरीत रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले आपत्ति जनाएका छ । नेता साहले यो परिघटना वर्तमान त्रुटिपूर्ण संविधानको उपज रहेको जीकिर गरेका हुन् ।

नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले लगभग दुई तिहाईको बहुमतको साथ स्थिरता र तीव्र विकासको दिशामा अघि बढ्नुको सट्टा चुनावको विकल्प रोज्नु आत्मघाती भएको बताएका हुन् । नेपालको संविधान विश्वको अन्य राष्ट्रको भन्दा फरक र अन्य सबैखाले शासकीय स्वरुपहरुको खिचडी भएकोले संसद बिघटन जस्ता विभिन्न असंवैधानिक कार्यहरू भईरहेको बताए ।

विश्वको जुनसुकै राष्ट्रहरुमा शासकीय स्वरुप एउटा निश्चित सिद्धान्त मूल्य र मान्यताको आधारमा तय गरिएको हुन्छ तर नेपालको शासकीय स्वरुप विपरीत सिद्धान्तहरुको खिचडी हो । नेता साहले भने, “सामन्तवादी, पुँजीवादी र दलाल/पुँजीवादी, सर्वहारावादी पश्चगामी, यथास्थितिवादी र अग्रगामी बिचार र सोचवाला पार्टीहरुको निहित स्वार्थमा तयार भएको कनफ्यूजन व्यवस्थाले गर्दा नै यस्तो परिणाम देखिएको हो ।”

यसमा शक्ति पृथकीकरण र शक्ति सन्तुलनको तालमेलको पनि अभाव छ । जसले गर्दा अस्थिरता र अराजकता अझ बढ़ने निश्चित छ । नेता साहले थपे, “अहिले देशमा देखिएको संसद विघटनको घटना पनि त्यसकै उपज हो । जुन आपत्तिजनक छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *