‘प्रतिनिधिसभा पुनस्र्थापना नभए ठूलो संकट आउन सक्छ’

Sharing is caring!

असार १६, २०७८ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघठनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले संविधानको भावना र जनताको अभिमतको संरक्षण हुनेगरी फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । सापकोटाले प्रतिनिधि सभा पुनस्र्थापना नभएमा मुलुक बहुआयमिक संकटतर्फ धेकेलिने भएकाले त्यस्तो संकट आउन नदिन पनि प्रतिनिधि सभा पुनस्र्थापनाका लागि देशव्यापी रूपमा जनमत सिर्जना गर्नुपर्ने आवश्यकता आंैल्याए ।

सभामुख सापकोटाले मंगलबार संघीय संसद् भवनमा राष्ट्रिय सञ्चार माध्यमका सम्पादकसँग छलफल गर्दै संसद् लोकतन्त्रको आत्म भएकाले यसलाई असमयमा नै विघठन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताए । संविधान माथि एकपछि अर्को बलमिच्याइँ भएको बताउँदै सभामुख सापकोटाले संविधान र संसद्को रक्षाका लागि आफू अन्तिम समयसम्म पनि लडिरहने प्रतिबद्धता जनाए । उनले संसद्को अधिकार राष्ट्रपति कार्यालयबाट अपरहणमा पर्नु दुर्भाग्यपूर्ण भएको बताए ।

सभामुख सापकोटाले आफ्नो भूमिका स्वतन्त्र, निष्पक्ष र तटस्थ हुने भए पनि लोकतन्त्र र संविधानको रक्षाका खातिर आफू लडिरहने हँुदा कतिपयलाई आफ्नो भूमिका मन नपर्न सक्ने बताए । प्रतिनिधि सभाको पटकपटक अवमूल्यन गर्नेहरू लोकतन्त्रवादी हुन नसक्ने स्पष्ट पार्दै सभामुख सापकोटाले भने, ‘संसद् लोकतन्त्रको आत्मा हो, संसद् र संविधानको रक्षा गर्न नसक्नेहरूले लोकतन्त्रको पनि रक्षा गर्न सक्दैनन् ।’

सभामुख सापकोटाले आफूले प्रधानमन्त्रीसँग सहकार्य सहअस्तित्व र समन्वयमा रहेर काम गर्न खोज्दाखोज्दै पनि प्रधानमन्त्री आफंैले त्यस्तो वातावरणको अन्त गरेको स्पष्ट पारे । सभामु्ख सापकोटाले पहिलोपटक प्रतिनिधि सभा पुनस्र्थापना भएपछि पूर्ण फैसला नआउँदै पुनः दोस्रोपटक प्रतिनिधि सभा विघठन गर्नु अदालतको अवहेलना र कानुनको ठाडो उल्लंघन भएको दाबी गरे ।

उनले २ सय ७५ जना सांसदको एकमुष्ठ अधिकार आफूसँग कायम रहेकाले आवश्यकताअनुसार जुनसुकै समयमा पनि अवशिष्ट र असाधारण अधिकार प्रयोग गर्दै संविधान र कानुनको जगेर्ना गर्न आफू पछि नपर्ने बताए । उनले प्रतिनिधि सभाले वैकल्पिक सरकार दिन सक्ने अवस्था हँुदाहँुदै विघठन गर्नै नमिल्ने दाबी गरे ।

सभामुख सापकोटाले अहिले मुलुक र जनताले कोभिड–१९ कारण विभिन्न समस्या भोग्न बाध्य भएको बताउँदै जनताका समस्याबारे छलफल गरी निकास खोजिने प्रतिनिधि सभा नहुँदा जनताका विभिन्न खाले समस्या मुखरित हुन नपाएको बताए ।

सापकोटाले देश अध्यादेशमार्फत चलाउने षड्यन्त्र बढ्दै जाँदा मुलुकमा गम्भीर दुर्घटनाको अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गरे । सभामुख सापकोटाले अहिले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा व्यापक परिवर्तन आएको स्पष्ट पार्दै त्यस प्रकारको शक्ति सन्तुलनको कुशलतापूर्वक व्यवस्थापन गर्न नसकिए मुलुकले अकल्पनीय अवस्था भोग्नुपर्ने जिकिर गरे ।

सभामुख सापकोटाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पर्ने विभिन्न समस्या समाधान गर्न सबै राजनीतिक दलबीच बृहत् राष्ट्रिय एकता अपरिहार्य रहेको बताए ।
सभामुख सापकोटाले कोभिड–१९ बाट आमजनताले गम्भीर खालका समस्या भोग्नुपरिरहेको भए पनि सरकार जनताका समस्या समाधान गर्न असफल रहेको बताए । उनले जनताको समस्या समाधान गर्ने महत्वपूर्ण थलोका रूपमा रहेको प्रतिनिधि सभा पुनस्र्थापना नहुँदासम्म आमजनताको समस्या यथावत् रहिरहने दाबी गरे । उनले अहिले मुुलुकको राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रता धरापमा परेकाले ती सबैको रक्षाका लागि आफू लगातार लडिरहने प्रतिबद्धता व्यक्त गरे ।

सभामुख सापकोटाले संविधान, लोकतन्त्र र प्रतिनिधि सभाको रक्षाका खातिर सिंगो प्रेस जगत्को र आफ्नो समान धारणा रहेको बताए । उनले लोकतन्त्रको आधारभूत मान्यताका रूपमा रहने शक्ति पृथकीकरणको अवस्था खलबलिएको बताए । सभामुख सापकोटाले सबै पक्षसँग छलफल जारी राखिएको र लोकतन्त्र र संविधानको रक्षाका लागि आफू जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताए ।

सभामुख सापकोटाले प्रतिनिधि सभा पुनस्र्थापना भएमा प्रतिनिधि सभा विघठन गराउने प्रधानमन्त्री र राष्ट्रपतिलाई हुन सक्ने कारबाहीबारे पनि आफूले आवश्यक विचार विमर्श गरिरहेको बताए । उनले विगतमा आफूले खेलेको भूमिकाको समीक्षा गर्दै आगामी दिनमा आफ्नो भूमिका अझै सशक्त बनाउने प्रतिबद्धता जनाए । कार्यक्रममा सहभागी सम्पादकहरूले सभामुखले निष्पक्ष र अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता आंैल्याएका थिए ।

सम्पादकहरूले खासगरी पहिलोपटक विघटन भएको प्रतिनिधि सभा पुनस्र्थापना भएपछि सभामुखले सशक्त भूमिका निर्वाह गर्न नसकेको बताएका थिए । कार्यपालिका र न्यायपालिकाका प्रमुखहरू निकै शक्तिशाली भइरहेको अवस्थामा शक्ति पृथकीकरणको अर्को महत्वपूर्ण अंगका रूपमा रहेको व्यवस्थापिका संसद्का प्रमुख सभामुख निकै कमजोर भूमिकामा रहन पुग्दा मुलुकमा एकपछि अर्को समस्या आइरहेको धारणा सम्पादकले राखेका थिए । यो खबर राजधानीबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *