नेकपा परित्याग गरि ५१ जना नेपाली कांग्रेसमा प्रवेश

Sharing is caring!


पुष ९, २०७७ । नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी ५१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । रामेछाप पकरबास निवासी रोशन बुडाथोकीको नेतृत्वमा उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उनीहरुलाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा विशिष्ट अतिथिका रुपमा लब न्यौपाने, रामचन्द्र खड्काले नवप्रवेशीलाई शुभकामना दिएका छन् । नेपाली काङ्ग्रेस रामेछाप सम्पर्क समितिको सभापती राजनारायण श्रेष्ठको अध्यक्षतामा पार्टी प्रवेश गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *