निजामती कर्मचारीको उमेरहद ६० वर्ष प्रस्ताव

Share this news:

जेठ ३, २०७५ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको उमेरहद ६० वर्ष पु-याउने गरी संघीय निजामती सेवा ऐनको मस्यौदा प्रस्ताव गरेको छ । अहिले उमेरहद ५८ वर्ष छ ।

मन्त्रालयले ऐनको मस्यौदा सामान्य अध्ययनपछि एक हप्ताभित्र मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ । मस्यौदामा ऐन स्वीकृत भएको एक वर्षपछि मात्र उमेरहद ६० वर्ष रहने व्यवस्था लागू हुने उल्लेख छ । ‘नेपालीको औसत आयु बढिरहेको छ र काम गर्न सक्ने उमेरमै कर्मचारीलाई घर पठाउँदा राज्यलाई फाइदा पुग्दैन,’ मन्त्रालय स्रोतले भन्यो, ‘एक वर्षपछि उक्त व्यवस्था लागू हुने प्रावधानले सचिव हुनै लागेका पनि सचिव हुने भए, अरू कर्मचारीले समेत ६० वर्षसम्म सेवा गर्न पाए ।’

तीन वर्षअघि लोकसेवा आयोगले समेत निजामती कर्मचारीको उमेरहद ६० वर्ष बनाउन सुझाब दिएको थियो । तर, मन्त्रिपरिषद्बाट ऐनका लागि विधेयक स्वीकृत नहुँदा उक्त व्यवस्था हटाइएको थियो ।यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *