डा. केसीलाई आइसियूबाट वार्डमा सारियो
माघ ६, २०७५ । चिकित्सा शिक्षा विधेयकमा सुधारको माग राखेर विगत विगत १२ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालको आइसियूबाट वार्डमा सारिएको छ।
डा. केसीले नै आइसियूमा उपचार गर्नुपर्ने सर्वसाधारणलाई समस्या नपरोस् भन्दै अन्यत्र सार्न आग्रह गरेपछि वार्डमा सारिएको हो।
अनसन बसन इलाम पुगेका डा. केसी अनसन बसेको ३ दिनमा नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।
चिकित्सकहरूले डा. केसीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्।