“छोटो छ जिन्दगी फोटो खिचेर राख“ बोलको गीत सार्वजनिक

Sharing is caring!

जेठ २८, २०७७ । “छोटो छ जिन्दगी फोटो खिचेर राख“ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

“मेघ मल्हार“ रागमा तयार गीतमा नारायण नेपालको शब्द, भूपू पाण्डे र मेलिना मैनालीको आवाजमा रहेको छ। गीतमा गायक पाण्डेले संगीत तथा संगीत संयोजन गरेका छन् भने संगीत मुद्रण नरेन्द्र वियोगीले गरेका हुन् ।

“छोटो छ जिन्दगी, फोटो खिचेर राख
छिट्टै फर्की आउंछु म, मुटु थिचेर राख “

यो गीत मार्फत मेलिना मैनालीले सांगीतिक क्षेत्रमा डेब्यु गरेकी छिन । शास्त्रीय संगीतमा मास्टर गरेका गायक पाण्डेले आफ्नो गीतमा नव गायिका मेलिना मैनालीलाई मौका दिएका हुन् ।

मंगलबार भूपू पाण्डे अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भिडियोमा टिकटकबाट चर्चित उषा उप्रेती र स्वयम् पाण्डेको अभिनय देख्न सकिन्छ। यसभन्दा अघि रोमान्टिक तथा चन्चले अवतारमा देखिने उषाले पहिलो पटक “स्याड ट्र्याजेडि“ भिडियो गरेकी हुन् ।

अछामको ’तुल्ता’ गाउँ र भारतको ’राजस्थान’मा खिचिएको भिडियोमा, मध्ये तथा सुदुर पश्चिम नेपालका जनताको जीवन भोगाईलाई चित्रण गरिएको छ। रोजगारको अभावले गाउँ छोडि कयौं परदेसिन बाध्य छन्। भौगोलिक विकटताका कारण रोजगारीका लागि काठमाडौँ भन्दा नजिक भारत गएका श्रीमान लाई सम्झदै, जानुअघि खिचिएको फोटो हेरी पर्खिरहेको, भिडियोमा देख्न सकिन्छ। योगेश दाहालको छयांकन, मनोज कार्कीको दृश्य सम्पादन रहेको भिडियोको रंग संयोजन श्याम कुँवरले गरेका हुन् ।

लुमिनस पोस्टओर्क्स, कि(लाइट मोशनपिक्चर र सागर बाबु भट्ट प्रोडक्शनको सहकार्यमा दृश्य निर्माण भएको भिडियोको निर्माता स्वयम् गायक पाण्डे हुन् । भिडियोको रचनात्मक तथा ग्राफिक्सको पाटो पवन सिंखडाले सम्हालेका हुन् भने भिडियोको निर्देशन सागर बाबु भट्टले गरेका हुन् ।

भिडियोमा, परदेशका कारण बिछोडिएका जोडिविचको प्रगाढ माया र विछोडको पीडालाई निर्देशकले सुन्दर ढङ्गले प्रस्तुत गरेको पाइन्छ ।

“यो भिडियो बनाउन हामीले एकदमै मेहेनत गरेका छौं। सकेसम्म राम्रो बनाउने कोसिस गरेका छौं, दर्शक श्रोताहरुले मन पराईदिनु हुन्छ भन्ने आशा छ“ निर्देशकको भनाई छ ।

भिडियो हेर्न क्लिक गर्नुहोस् :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *