चलचित्र ‘शुभ लभ’को अफिसियल ट्रेलर रिलिज

Sharing is caring!

फागुन १३, २०७५ । चलचित्र ‘शुभ लभ’को अफिसियल ट्रेलर आज रिलिज भएको छ । चलचित्रको ट्रेलरमा ज्योतिष हरिहर अधिकारी र नव–नायिका कृस्टिन पौडेलको प्रेममा आउने आरोह-अवरोहको कथालाई देखाइएको छ ।

बास्तविक जीवनझैं हरिहर यो चलचित्रमा पनि ज्योतिषकै भूमिकामा छन् ।

प्रदिपकुमार उदयको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा राजाराम पौडेल, सरोज खनाल, राजा राजेन्द्र पोख्रेल, प्रदिप बास्तोला, सूर्या थापा लगायतका कलाकारको पनि अभिनय छ ।

यस चलचित्रलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् । धर्मराज शर्मा सुवेदी निर्माता रहेको चलचित्रमा रामेश्वर कार्कीको छायांकन, अभिमन्यु निरवीको पटकथा तथा संवाद, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन छ । चलचित्र भने चैत्र १५ गते रिलिज हुने छ ।

ट्रेलर हेर्न क्लिक गर्नुहोस्:

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *