चलचित्र “अनुराग” युट्युबमा सार्वजनिक

Sharing is caring!

चैत्र २५, २०७६ । चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नेपाली कथानक अभिनित चलचित्र ‘अनुराग’ ओ.एस.आर. डिजिटलमार्फत युट्युबमा सार्वजनिक गरिएको छ । सांगितिक प्रेमकथामा आधारित उक्त चलचित्र ऋषिराज धमलाको प्रस्तुतिमा तयार भएको हो । उक्त चलचित्र सत्यराज चौलागाँईले निर्देशन गरेका हुन् ।

यस चलचित्रमा एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौलालगायत चर्चित कलाकारहरुको मुख्य भूमिका छ । चलचित्रको निर्मातामा भरत गौतम र गीता भेटवाल हुन् । चलचित्रमा लाइन प्रोड्युसर दिपक गौतम रहेका छन् भने निर्माण नियन्त्रक नबिन पुरी हुन् ।

रामकुमार केसीको छायांकन, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद रहेको चलचित्रमा सरोज पोखरेल र ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।

चलचित्र हेर्न क्लिक गर्नुहोस् :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *