कोरोना भाइरस ७७ वटै जिल्लामा फैलियो
असार १३, २०७७ । नेपालमा कोरोना भाइरस ७७ वटै जिल्लामा फैलिसकेको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४३४ जना पुरुष र १२० जना महिला गरी कूल ५५४ जनामा थप कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
उनले बिगत २४ घन्टामा चार हजार ६ सय ६ जनाकाे पिसिआर परीक्षण गरिएको बताए ।
त्यस्तै,कोरोनाबाट निको हुनेको संख्या दुई हजार ८३४ रहेको छ भने मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ ।